पिएनमा प्राज्ञिकको गुरुसम्मान कार्यक्रम

पाेखरा | असार २९, २०७९

पिएनमा प्राज्ञिकको गुरुसम्मान कार्यक्रम

पोखरा:   प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पृथ्वीनारायण क्याम्पस इकाई समितिले गुरु सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

 

गुरुपूर्णिमा एवम् भानु जयन्तीको अवसरमा प्राज्ञिकले  २० बढि गुरु (प्राध्यापक) हरुलाई पुष्पगुच्छा, कलम र डायरी प्रदान गर्दै सम्मान गरेको हो ।  

 

कार्यक्रमको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पसका प्रमुख डा।सरोज कोइरालाले आफुहरुलाई  सहायक स्वीपर भएको बताए । ‘क्याम्पसभित्रको गतिविधि र वातावरणलाई  बिग्रनबाट बचाई क्याम्पसका फोहोरहरु र विकृतिलाई हटाउदै विद्यार्थीमैत्री र स्वच्छ परिवेश निर्माण गरि असल शिक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ उनले भने ।

 

क्याम्पसको इतिहासमै पहिलो पटक गुरुपूूर्णिमाको अवसरमा गुरुपुजन एंव सम्मान कार्यक्रम सञ्चालन गरिएको बताउदै प्राज्ञिकको उदाहरणीय काम गरेको प्राज्ञिकका राष्ट्रिय सह–संगठन सचिव रमेश बताए । उनले प्रसंशनीय कार्य गरेको भन्दै खुशी समेत व्यक्त गरेका थिए । 

 

यसैगरि कार्यक्रममा पोखरा विश्वविद्यालयका औषधी विज्ञानका उप–प्राध्यापक शिव संकल्प आचार्यले  भानुुभक्तले नेपाली साहित्यमा दिएको योगदान र त्यसको मुल्याकंनको बारेमा चर्चा गरे । 

 

पृथ्वीनारायण क्याम्पसका प्राध्यापक शोभाकान्त गौतमले रामायणको कथालाई जोड्दै भने, ‘छ करोडको घरमा रामायण, जहाँ गयो त्यही रामायण’ रामायण नेपाली छोरीहरुको व्यथा हो ।’ 

 

गुरु र शिष्यबिचको सम्बन्धलाई उल्लेख गर्दै गौतमले भने, ‘गुरु एउटा मार्गदर्शनको सहयात्री मात्र हो । गुरुले २५ प्रतिशत सिकाउँछ भने ७५ प्रतिशत तपाई आफैले सिक्नुपर्दछ । त्यो नै गूरुको लागि गुरु दक्षिणा होे ।’

 

 कार्यक्रममा पिएन क्याम्पसमा अध्ययनरत ७० बढि विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जिवन नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्देश लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पारस खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्